नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणको उपविजेता बन्न सफल भएका छन्।

उपाधिको दावेदारका रुपमा हेरिएको दिवेश भोटिङका आधारमा उपाधि जित्न चुकेका हुन्। दिवेश उपविजेता बने ।

दिवेश टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए।दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् ।काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *