खाडीमा छोराको निधन, परिवारमा रुवाबासी – १२ लाख सहयोग लिएर पुगे भाग्य न्यौपाने ( भिडियो )

पैसा कमाउन विदेश गएको छोराको मृत्यु भएदेखि घरमा सधैँ रुवावासी चल्छ, शव ल्याउन नपाउँदा परिवार निकै तनावमा रहेको छन्। वैदेशिक रोजगारको कमाईले घरपरिवारले आर्थिक अवस्थामा सुधार आउने आशा गरेका परिवारले कमाउने छोराको मृत्युसँगै सबै सपना चकनाचुर भएको छ।

आमा, श्रीमती, चार छोरा मृतक कै कमाईमा निर्भर रहेका थिए। आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन बिदेश पुग्ने सबै नेपालिहरु भाग्यमानी हुदैनन्। कतिले राम्रोसँग पैसा कमाएर फर्कन्छ्न भने कतिले बिदेशी भुमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ। यस्तै एक प्रतिनिधि पात्र हुन् तेजलाल बुढा मगर। वैदेशिक रोजगारीका लागी गएका तेजलाल बुढा मगरले कहिले नफर्किने गरि बिदा भए।

साउदीमा करिब एक महिना अगाडि निधन भएका रुकुम पुर्व घर भएका ३८ बर्षिय तेज लाल बुढा मगरको सब अझै सम्म नेपाल आइपुगेको छैन। वहाँको सव नेपाल लेराउने पहल भइरहेको जनाइेको छ। उहाको घरमा ५८ बर्षको बुढी आमा श्रीमती र ४ छोरा छन् । ठुलो छोरा पनि शरीरिक रुपमा अपाङ्ग छन् , दुवै खुट्टामा समस्या छ। भाग्य न्यौपानेको टिम सहयोग रकम लिएर त्यहाँ पुगेका छन् । यो दु:खद घडीमा उहाहरुको समस्यालाई बुझेर मृतकको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

हाल अमेरिकामा रहेका चन्द्र बुढा मगर, जयदेव बुढा मगर, गौचन बुढा मगर र ईश्वर बुढा मगरको नेतृत्व तथा सम्पुर्ण युवाहरुको सक्रियतामा नेपाली रुपैया १२४३६१५ (बार्ह लाख त्रिचालिस हजार छ सय पन्ध्र) रुपैयाँ सहयोग संकलन गरी सहयोग प्रदान गरियको छ।

———————————————————————————————————————————————————————————–