सागर लम्साल ‘बले’ र रेश्मा घिमिरेको ‘तिमी बिजी टिकटकमा’ भिडियो सार्बजनिक ( भिडियो )

पछिल्लो समय निकै चर्चित एप टिकटकको नाममा नया गीत सार्बजनिक भएको छ। टिकटककै बारेमा तयार भएको म्युजिक भिडियो ‘तिमी बिजी टिकटकमा ‘ रिलिज गरिएको हो। यस गीतमा नेपाल आइडल रबि ओड र सम्झना ओलीले आफ्नो स्वर दिएका छन्। यस गीतलाइ संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।