नायक पल शाह र रियाशा दाहालको नया भिडियो ‘ए है माया’ सार्बजनिक ( भिडियो )

नायक पल शाह, रियासा दाहालको नया म्युजिक भिडियो ‘ए है माया’ सार्बजनिक भएको छ। लकडाउन केहि खुकुलो भएपछि सामाजिक दुरी कायम गर्दै नया म्युजिक भिडियो निर्माण गरिएको थियो। यस भिडियोमा पल शाह, रियासा दाहाल, सागर लम्साल लगायतले अभिनय गरेका छन् ।

दीपक शर्माको संगीत रहेको यस गीतमा सरोज ओली र मेलिना राइको स्वर रहेको छ भने सरोज ओलीकै शब्द छ । ‘ए है माया’ बोलको गीतको भिडियोमा पल, बले, रियाशासँगै सुधिर श्रेष्ठले कोरोन क्वारेन्तिन को परिवेश देखाइएको छ ।

विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोमा क्वारेन्टिनमा रहेकी युवतीप्रतिको मायालाई देखाइएको छ ।
भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने सन्देश प्रदान गरेको छ ।