वाइफ़ाइ ह्याक हुनबाट जोगाउन यसो गर्नुस, वाइफ़ाइ यसरि लुकाउनुस

आज हामि तपाइहरुलाइ वाइफ़ाइलाइ ह्याकर बाट जोगाउने, वाइफ़ाइ चोरेर चलाउनेलाइ कसरि तह लगाउने तेसबारेमा जानकारी दिनेछौ। ह्याकरहरुले सफ्टवेरको माध्यमबाट सजिलै पासवर्ड चोरेर चलाउने गर्छन तपाइँको पनि पासवर्ड चोरेर अरुले चलाउने गरेको छ, यो भिडियो पुरा हेर्नु होला, तपाइँ आफ्नो वर्ल्डलिंकको वाइफ़ाइ नेटवर्क चोरिन बाट जोगाउन सक्नुहुन्छ।

भिडियोमा हेर्नुस

यहाँ हामि वर्ल्डलिंक इन्टरनेटको एप प्रयोग गरि तपाइलाइ जानकारी वाइफ़ाइ सिग्नल लुकाउने जानकारी दिनेछौ। यदि तपाइँ संग मोबाइलमा वर्ल्डलिंकको एप छैन भने डाउनलोड गर्नु होला। एप डाउनलोड भएपछी तपाइँ क्लिक गरि एप खोल्नुस। त्यसपछि तपाइँको मोबाइलमा वर्ल्डलिंकको ड्यास बोर्ड खुल्छ अनि तपाइँ ले यहाँ आफ्नो अकाउन्त सम्बन्धि सपुर्ण डिटेल देख्न सक्नुहुन्छ। यो एप मा तपाइको इन्टरनेट सब्स्क्रिप्सन हेर्न सक्नुहुन्छ, दैनिक इन्टरनेट कति प्रयोग भैरहेको छ हेर्न सक्नुहुन्छ, इन्टरनेट स्पीड चेक गर्न सक्नुहुन्छ। अब हामी यहा पासवर्ड लुकाउन र वाइफ़ाइ टावर लुकाउनका लागि हामीले राउटर सेक्सन मा क्लिक गर्नु पर्छ, यसपछि यो पेज खुल्छ। यहाँ तपाइले यहाँ वाइफ़ाइ , कनेक्टेड डिभाइस , डिभाइस फिल्टरिङ्ग अप्सन देख्न सक्नुहुन्छ।

कनेक्टेड डिभाइसमा तपाइको वाइफ़ाइ संग जोडिएको डिभाइसहरु देख्न सक्नुहुन्छ। यदि यहाँ तपाइको आफ्नो बाहेक नचिनेको अरु कुनै डिभाइस छ वा कसैले वाइफ़ाइ पासवर्ड चोरेर चलाउने गरेको छ भने डिभाइस यहाँ देख्नसक्नुहुन्छ। यस्तो डिभाइसलाइ तपाइँ सजिलै ब्लक गर्न सक्नुहुन्छ। त्यसको लागि तपाइले डिभाइस नामलाइ क्लिक गर्नुस, मेसेज आउछ, ओके क्लिक गर्नुस। अब फिल्टर मोड मेसेज आउछ, यहाँ पासवर्ड चोरेर चलाइरहेको छ भन्ने लागेको छ भने तपाई तेस्तो डीभाइस लाइ ब्ल्याकलिस्ट क्लिक गर्न सक्नुहुन्छ। अब डिभाइस ब्ल्याकलिस्टमा जान्छ। यहाँ तपाइहरु मेरो ब्ल्याकलिस्टमा १५ वटा डिभाइस देख्न सक्नुहुन्छ। यी सबैले मेरो पासवर्ड चोरेर चलाई रहेका थिए, मैले ब्ल्याकलिस्ट गरेर पछि अब यिनी हरुले मेरो पासवर्ड चोरेर इन्टरनेट चलाउन सक्दैनन्। यसरि नै तपाइँ पनि वाइफ़ाइ ह्याकरको डिभाइस लाइ ब्ल्याकलिस्ट गर्न सक्नुहुन्छ।

अब वाइफ़ाइ अप्सनमा गएर तपाईहरुलाई इन्टरनेटको टावर नै लुकाउन सिकाउनेछौ। यहाँ तपाइँ हरु आफ्नो पासवर्ड चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज पासवर्डको बटन क्लिक गरेर पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ।

यदि तपाइँ आफ्नो वाइफ़ाइ नेटवर्क लुकाउन चाहनुहुन्छ भने हाइड योर वाइफ़ाइ क्लिक गरेर आफ्नो वाइफ़ाइ लुकाउन सक्नुहुन्छ। वाइफ़ाइ हाइड गर्नु अघि वाइफ़ाइको नाम भने राम्रो संग याद गर्नुस या कतै लेखेर राख्नु होला। वाइफ़ाइ हाइड गरेपछि तपाइको वाइफ़ाइको नाम हाइड हुन्छ, कसैले देख्न सक्दैन। यसो गरेमा कसैले पनि तपाइको वाइफ़ाइ पासवर्ड चोरेर चलाउन सक्दैन।

अरुले तपाइको वाइफ़ाइको टावर खोजेर कनेक्सन गर्न असम्भव हुन्छ, यदि तपाइँ आफैले पनि आफ्नो डिभाइस मा इन्टरनेट कनेक्ट गर्न आफ्नो वाइफाईको नाम टाईप् गरेर कनेक्ट गर्नु पर्ने हुन्छ। यसरि वाइफ़ाइ हाइड गरेपछि तपाइको वाइफ़ाइ इन्टरनेट चोरी हुदैन, यो सबै भन्दा राम्रो आइडिया हो।