अमेरिकन डीभी २०२१ को नतिजा सार्बजनिक, यसरि हेर्नुस नतिजा

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा हिजो सार्बजनिक भएको छ। हिजो जेठ २४ गते राति नेपाली समय अनुसार ९:४५ बजे सबै का लागि सार्वजनिक भएको हो। अमेरिकी दूतावासले जानकारी दिएका अनुसार नै नेपाली समयअनुसार २०२१ का लागि खुलेको डीभीको नतिजा प्रकाशन भएको हो।

नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिन्छ। ५ मे मा हुने छनाेट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा भने कुनै असर नपर्ने दूतावासले यसअघिकै सूचनामार्फत् प्रष्ट पारेको थियो।

यसरि हेर्नुस डिभिको नतिजा

२०२१ को डिभि को नतिजा हेर्न https://dvprogram.state.gov मा जानुपर्ने हुन्छ। तेस्पछि Check Status बटन क्लिक गर्नु पर्ने हुन्छ। अनि पेज खुलेपछि तेस्मा कन्फरमेसन नम्बर हाल्ने, लास्ट नेम, र जन्म बर्ष राखी इन्टर गरेपछि तपाइलाई डिभी परेको नपरेको थाहा हुन्छ।

डिभी २०२१ को नतिजा हेर्न का लागि फर्म भर्दा देखिने सेम्पल फारममा के भर्नु पर्छ तल हेर्न सक्नु हुन्छ. तल बोल्ड अक्षर मा लेखिए अनुसार को जानकारी भरेर तपाइँ ई-डिभि २०२१ को नतिजा सजिलै हेर्न सक्नुहुन्छ।