आफ्नै खर्चमा बस्न चाहनेका लागि तोकियो ४५ क्वारेन्टाइन होटल

विदेशबाट नेपाल आएका नेपालीहरूका लागी बास बस्नका लागि होटल हरुको सुची सार्बजनिक गरेको छ। आफ्नै खर्चमा बस्ने चाहनेहरूका काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरिएको हो।

सरकारले सार्बजनिक गरेको सुचिमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन्। विदेश बाट आएर आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्न चाहनेका लागि सरकारले होटलमा राख्ने निर्णय गरेका थियो। सोहीअनुसार होटल संघ नेपालले पनि होटलका रुमहरू क्वारेन्टाइनका लागि दिने निर्णय गरेका थिए।

जसमा ४ तारे होटल ग्रान्डादेखि पर्यटकीय होटलसम्म रहेका छन्। काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरेपनि कहिलेबाट कति नेपाली विदेशबाट आउने हो भन्ने विवरण भने यकिन भैसकेको छैन।

‘पहिलो चरणको सार्बजनिक ४३ होटलको सुचिमा काठमाडौं बाहेक एउटा पोखरा र एउटा रुपन्देहीको होटल समेत रहेको छ।

कति लाग्छ रकम
चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएको रुमका लागि प्रति बेड ५ हजार ५०० रुपैयाँ  तोकेका छन्। यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५०० निर्धारण भएको हानले जनाएको छ।

यसैगरी दुईतारे होटलमा एक्लै  बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तय भएको छ। यसमा चार पटकसम्मको  खाना र खाजा पनि समावेश हुनेछ।

एकतारेका हकमा भने एक्लै बस्न चाहेनेका लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ छ। साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।