नेपाल पुनर्बीमा कम्पनीको सेयर सूचीकरण प्रक्रिया अघि बढ्यो

सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले नेपाल पुनर्बीमा कम्पनीको सेयर अभौतिकरण (डिम्याट) गरेको छ । सर्वसाधरणलाई निष्कासन गरिएको १ करोड ६० लाख कित्ता र संस्थापक तर्फको ८ करोड ४० कित्ता सेयर गरी कुल १० करोड कित्ता सेयर अभौतिकीकरण गरिएको हो । सीडीएससीले उक्त सेयर धितोपत्र सम्वन्धि ऐन २०६३ तथा सो अन्तर्गतका नियम तथा विनियम वमोजिम अभौतिकीकरण गरिएको जनाएको छ ।

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्ब रुपैयाँको १६% ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । उक्त सेयरको बाँडफाँड लक डाउनकै बीच चैत २६ गते भएको थियो । सेयर डिम्याट गरिएसँगै अब नेप्सेमा सूचीकरण प्रक्रिया अघि बढ्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *