प्रकाश सपुतको मार्मिक प्रश्न: “म स्वाभिमानी नेपाली, यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?”

नेपाली लोक दोहोरि क्षेत्रका चर्चित गायक प्रकाश सपुतले निकै मार्मिक भावना आफ्नो फेसबुक मार्फत पोखेका छन्। नेपाली समाजमा बिध्यमान रहेको छुवाछुत विभेदलाइ उजागर गर्दै नेपाली समाज लाइ प्रश्न तेर्श्याएका छन्। रुकुममा सारा देश लाइ नै लज्जास्पद बनाउने एक घटनामा युबामाथी जातिय विभेदकै कारण हत्या भएको भन्दै नेपालि लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकार प्रकाश सपुतले फेसबुकमा स्टाटस लेख्दै कडा आलोचना गरेका छन । दलित भएकै कारण र प्रेम गरेकै कारण मर्नु पर्ने नियती देशकै लागि लज्जास्पद छ भन्दै फेसबुकमा उनले लेखे भावुक स्टाटस

यो हेर्नुस उहाको फेसबुक स्टाटस जस्ताको तस्तै

सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?

( नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृ त्यु भएको छ ।
हार्दिक श्रद्धांजलि 
दलित भएकै कारण ! प्रेम गरेकै कारण म’र्नु पर्ने नियति देशकै लागि ल’ज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन ! “
#Stop_Discrimination