बर्षा सिवाकोटीलाइ तनाब ! फेसबुक मार्फत गरिन यस्तो आग्रह

barsha

नायिका वर्षा सिवाकोटीले फेसबुक मार्फत आफ्नो समर्थक तथा प्रयोगकर्ता हरुलाई निरास हुदै आग्रह गरेकी छिन। उनले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गर्दै फेसबुक मा स्टेटस लेखेकी छिन।

सोमबार दिउसो उनले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा राखेको स्टेटस मार्फत यस्तो आग्रह गरेकी हुन्। कारण खुलेर नबताएको भएपनि बर्षा शिवाकोटीलाइ बर्षा राउत सम्झेर मेसेज र कमेन्ट गरेर दुख दिएको सजिलै बुझ्न सकिन्छ।

वर्षा सिवाकोटीले आफ्नो फेसबुक मा लेखेकी छिन्,

नमस्ते म “ BARSHA SIWAKOTI “ 🙏🏻, धन्यवाद ! मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’

उनको यस पोस्टमा धेरैले कमेन्ट गरेका छन् । जसमा केहि कमेन्ट यस्ता छन्। लेख कार्कीले लेखेका छन्, ‘भनेपछि राउतको भागको प्रसाद सिवाकोटीको भागमा पर्यो ?’

युवराज अर्यालले लेखेका छन्, ‘राउत भनेर गाली गरे क्या ? हो, नाम थर राम्रोसँग पढेर मात्र कमेन्ट गर्नुपर्छ, तपाईंले चैं सोचेर बोल्नुहुन्छ, गाली खानुहुन्न भन्ने लाग्छ ।’

त्यस्तै निश्चल घिमिरे लेख्छन्, ‘२÷४ दिनलाई नाम फेर गाह्रो छ ।’

यस्तै, अर्का प्रयोगकर्ता श्री धर खनाल लेख्छन: थर हेर्न लगाउनु nani