रबि लामिछानेको कार्यक्रम ट्रेन्डिगं १ मा, नेपाल भारत सीमा सम्बन्धि कार्यक्रम १२ लाख बढी हेरे

नेपालको समय सान्धर्भिक मुद्दालाइ उठेर नेपाली जनताको प्रिय बनेका कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यक्रम सिधा कुरा जनता संगको यस हप्ताको कार्यक्रम ले १२ लाख बढी भ्युज कमाएर सर्बाधिक रुचाउने कार्यक्रमको लिस्ट मा सबैभन्दा अघि छ । सर्वाधिक लोकप्रिय संचारकर्मी रबिको लोकप्रियता दिनप्रतिदिन उक्लदो छ।

उनको लोकप्रियता बढ्दो चरणमा उक्लिएका बेला उनले लिएको नपाल भारत सिमा विवादसँग जोडिएको पछिल्लो शृखला सर्वाधिक रुचाइएको छ । यो समाचार तयार पार्दासम्म उक्त अन्तरवार्ता नेपाल युटुव ट्रेन्डिगंको शिर्ष स्थानमा रहँदै १२ लाख बढी दर्शकले हेरेका छन् । ९९ हजार बढीले लाइक समेत गरेका छन् भने १२ हजार ५०० कमेन्ट आएका छन। भंर्खर मात्र न्युज २४ नेपालको अफिसियल युट्युब च्यानलले २० लाख बढी सब्स्क्राइब समेत कमाएको छ।

रविको सिधा कुरा जनता कार्यक्रममा यस हप्ता नेपाल तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्रविद तथा पुर्व राजदुत प्रधुम्न बिक्रम शाह, लेखक विश्लेषक टीका ढकाल अनि भारत बाट प्रोफेसर एस डि मुनी, नेपाल भारत प्रबुद्ध समुह सदस्य महेन्द्र पि लामा र भारतीय सेनाका पुर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता सहभागी भएको थियो। यस कार्यक्रमलाइ नेपाल र भारतमा सर्वाधिक हेरिएको छ ।

रबि लामिछानेले यस कार्यक्रममा सिमा विवाद सम्बन्धी रही दुई देशिय बहसलाइ अंग्रेजी भाषामा सञ्चालन गरेका थिए ।

हेर्नुहोस् भिडियोमा