रबिको झटारो भारतीय मिडियालाई भने: मनिषा कोइराला स्वतन्त्र देश नेपालकी छोरी हुन् , अनि बोल्दिनन त ?

नायिका मनिषा कोइरालाको एक ट्वीटका कारण भारतिय मिडियाको पसिना छुटेको भन्दै नेपालका चर्चित सञ्चरकर्मी रवि लामिछानेले भारतिय मिडियालाई आफ्नै सरकारले संयुक्त राष्ट्रमा वुझाएको नक्साको अध्ययन गर्न सुझाव दिएका छन ।

भारतीय मिडियाहरु लाई फेसबुक मार्फत स्टेटस लेखेरे झटारो हान्दै रविले मनिषा कोइरालाको बाहवाहि गरेका छन्।मनिषा कोईराला जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी भएकोले उनी बो’ल्छिन भन्दै यस्तो स्ट्याटस लेखेका छन,

“मनिषा कोईराला’को एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्ष’मा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ ।

कहिल्यै अ’र्काको उपनिवेश नभएको, स्वतन्त्र’ता दिवस कहि’ल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त ?

हेर्नुहोस् रविको पोस्ट जस्ताको तस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *